
– अर्जुननरसिंह के.सी. –
पछिल्ला सरकारहरुद्वारा समय समयमा योजना प्रारम्भ गरिउका राम्रा कामहरुलाई सम्पन्न गर्ने पनि हाम्रो इरादा छ । पहिले उठान गरिउका उत्थान कार्यलाई अगाडि बढाउनका साथ साथै नयाँ कार्यहरुको शिलान्यास सरकारले गर्ने छ । सरकारले समय समयमा आफ्नो कार्यक्रम प्रकाशित गरिरहनेछ ।
संसदको बैठक बस्न थालेपछि उसका समक्ष विचारार्थ आफ्ना योनजाहरुको प्रस्तुत गर्नेछ । विकास कार्यक्रमलाई स्थानीय जनताको सहयोग लिई उपयुक्त स्थानीय संगठनको माध्यमबाट गराउने प्रयत्न हामी गर्नेछौ । यस सम्बन्धमा म एउटा कुरा भन्न चाहन्छु, निर्माण कार्यका लागि चाहना मात्र यथेष्ट हुँदैन । यसका लागि प्रत्येक नागरिकले आफ्नो यावत् प्रयत्न राष्ट्रलाई अर्पित गर्न कटिबद्ध हुनुपर्छ । आजको अवसरमा जहाँ म तपाईहरुलाई सरकारले गर्न थाहेका कुराहरुको उल्लेख गर्छु, त्यहाँ तपाईहरुलाई नि आराम नगरिकन देशको सम्पत्ति बृद्धिमा सचेष्ट रहनुपर्छ) भन्ने अपिल पनि गर्दछु ।
शिक्षामाथि विशेष ध्यान हाम्रो सरकारको रहने भएकाले स्वतः विद्यार्थीहरुको जीवनमा नयाँ स्फूर्तिको प्ररण आयने छ भन्ने मलाई लागेको छ । शिक्षालयको अवस्था सन्तोषजनक नभएको हुनाले विद्यार्थीहरुले विद्याध्ययन गर्न पाउनेछन् । युवाहरुको उत्साह र आर्दश भावनालाई कुण्ठित हुन नदिई देशको मंगलमय भविष्यका प्रति उत्तरदायित्वको भावना जागृत गराउने प्रयत्न सरकारले गर्नेछ । देशमा विभिन्न वर्ग बुद्धिजीवी शिक्षक मजदुर व्यापारी, महिला आदिले आफ्नो आफ्नो विकासको अवसर प्रजातन्त्रमा झन बढि मात्रामा पाउने छन् । प्रजातन्त्रले सबैको विकासको बाटोलाई प्रशस्त गर्नेछ भन्ने कुरालाई प्रमाणित गर्ने जिम्मेवारी हामीहरुको भएको छ ।
सरकार कर्मचारीहरुले जंगी या निजामति जुनसुकै ओहदामा भए पनि नयाँ युग जसको प्रादुर्भाव हालै सम्पन्न भएको निर्वाचनले गरेको छ, त्यसको अनुसार आफूलाई जनताको सेवक भन्ठान्नु पर्छ । प्रशासकीय यन्त्र कल्याणकारी रजानीतिक तथा आर्थिक व्यवस्था, जसको सुखद कल्पना देशले गरेको छ, त्यसको निर्माण गर्ने सरकारी माध्यम हो । तसर्थ सरकारी कर्मचारीहरुको ठूलो जिम्मेवारी छ । उहाँहरुबाट देशको भलो हुने ठूलो यन्त्रचालित भइरहेको छ । यो यन्त्रलाई भ्रष्ट हुन नदिनु पनि उहाँहरुकै पवित्र अभिभारा छ । हाम्रो सरकारले भ्रष्टचारलाई निर्मूल गर्ने अठोट गरेको छ । यस कार्यमा कर्मचारीहरुको इमान्दारीताको कदर गर्ने र आफ्नो कर्तव्य तथा उत्तराधिकारी प्रति सदा सजग रहन प्ररण गर्ने हाम्रो सरकारको इरादा छ ।
सरकारी कर्मचारीहरुको इज्जत तथा आत्मसम्मानको रक्षा गर्ने अभिभारा पनि सरकारले लिनेछ । शाही सेना जो नेपाली जातिको एउटा गौरवको विषय छ, उसले हाम्रो देशको मर्यादा राख्ने आफ्नो परम्परा नबिर्सी नयाँ उत्तरदायित्वलाई म सम्मान पूरा गर्नेछ भन्ने मलाई विश्वास छ । शाही सेनाबाट तयार तथा हालै श्री ५ महाराजधिराजबाट उद्घाटन भएको कान्ति राजपथ देश विकास कार्यमा शाही सेनाको प्रयत्नको एउटा सुन्दर नमुना भएको छ । यसले नेपाली हृदयमा उत्साह भरेको छ । आजको दिन म जंगी, निजामति, पुलिस प्रभृति यावत् कर्मचारीहरुलाई सम्झेर उहाँहरुले दलगत राजनीतिबाट तटस्थ रही, श्री ५ को सरकारप्रति पूर्ण वफादार रही सरकारी नीतिलाई कार्यान्वित गर्नुपर्छ भन्ने संझाउन चाहन्छु ।









