
– भरत भूर्तेल –
यसको अर्थ के भयो भने काठमाण्डौ जाने तरखर गर्दा छोरा चन्द्रमोहन २ वर्षका थिए ।
पहिलो पटक घरबाट टाढा जानु पर्दा यसै पनि मनमा अनेक तरहका भावना आउछन । रामवरणजी आफ्नी पत्नि र छोरालाई छाडेर जादै हुनुहुन्थ्यो । स्वभाविक रूपले मन भारी हुने नै भयो । यसो हुदाहुदै पनि एउटा उद्देश्यपूर्ण यात्रामा निस्कनु थियो त्यसैले जिलेखादेवीले आफ्नो मनभित्रका सम्पूर्ण शुभेच्छासहित रामवरणजीको विदाको तयारी गर्नुभयो । उता सपही गाउको तयारी भने बेग्लै थियो । एस.एल.सि परीक्षाको परिणाम आएका दिनदेखि नै सपही टोलवासी विशेषत युवा र किशोरहरू बिच रामवरणजी चर्चा र चासोको विषय बन्नु भएको थियो । सपहीबाट पहिलो एस.एल.सी. उतिर्ण गर्नु गाउलेहरूका लागी चानचुने घटना थिएन । त्यसमाथी रामवरणजी उच्च शिक्षाका लागि काठमाण्डौ जादै हुनुहुन्थ्यो । गाउमा हल्ला मच्चिनु र विशेष चर्चा चल्नुका पछाडिको यो दोस्रो कारण थियो ।
कुरो यतिमै सिमित थिएन । उहा हवाईजहाज चढेर काठमाण्डौ जानेवाला हुनुहुन्थ्यो । वस्तुत तिनवटा घटना एकैपटक घटित भएको अवस्था थियो । एक गाउ बाटै कसैले एस.एल.सी. उतिर्ण गरेको थियो । दुई गाउको पहिलो मानिस काठमाण्डौ पढन जाने तयारी गर्दै थियो र तीन पढन जाने मानिस हवाईजहाज चढेर जाने तयारी गर्दै थियो । यसरी हेर्दा एउटा घटनाको बेलुन फुलाउदा फुलाउदै सिपाहीबासी किशोरहरूले बिशाल गुब्बारा बनाएका थिए । जसमा गाउलेका रडिगन सपनासमेत मिसिएका थिए होलान । जनकपुर बाट काठमाण्डौ आवतजावत गर्न सजिलो थिएन । पूर्वपश्चिम राजमार्ग भरखरै रेखाडकन हुदै थियो । जनकपुरबाट स्थल मार्ग हुदै काठमाण्डौ पुग्न भारतिय सिमावर्ति जयनगरको रेलवेस्टेशनमा पुगेर रेल चढनु त्यहाबाट रक्सौल पुग्नु रक्सौलबाट बिरगन्जपुगेपछि बस चढेर काठमाण्डौ पुग्नु पर्दथ्यो वीरगन्जवाट काठमणडौ जोडने त्रिभुवन राजपथ बाहेक अन्य सडक थिएनन ।
क्रमशः









