
– भरत भूर्तेल –
हिउदमा धान बेचेर सपहीमा आउने पैषा मध्येको एउटा सानो अंस मासिक करिब दुईसय रुपैया जति काठमाण्डौ आईपुग्दथ्यो । यस सिमित पैसाले खान ,डेराभडा तिर्न र पढाईको सुल्क भुतmान गर्न पुराउनु पथ्यो । नियमित खाजा खान बजेटले भ्याउदैनथ्यो । केहि समयको अन्तरराल पछि रामवरणजीलाई काठमाण्डौको लोकप्रिय खाजा म.म.का बारेमा जानकारी भयो । उहाका सहपाठीमध्ये कतिपयले वफ म.म. खाएको चाल पाउनु भयो । तराईमा त्यसबेला सम्म म.म.को प्रचलन थिएन । यद्दपि काठमाण्डौमै पनि पनि अहिले झै ब्याबसाहिक ढंगले म.म.को ब्यापार हुदैनथ्यो । म.म. लाई त्यस बखत काठमाण्डौमा म.म.चा भनिन्थ्यो र सिमित ठाउमा उपलब्ध हुन्थ्यो । काठमाण्डौ र अन्य क्षेत्रसंग तराईको संम्पर्क बाक्लिदै गएपछि भने काठमाण्डौ उपत्यका तथा नेपालका प्राय सबै शहर बजारमा सजिलै संग म.म. उपलब्ध हुने गरेको छ ।
तराईतिर अझै पनि भेज म .म. भनिने सब्जि हालेर बनाईने चिकन म.म. बढी प्रचलनमा छ । काठमाण्डौको भने कुरा नै ब्यग्लै थियो ।
काठमाण्डौको ममचाले रामवरणजी लाई धर्मसंकटमा पारिदियो । सस्तो र लोकप्रिय खाजाको कुरा सोझै गएर भैसीसंग गासिएको थियो । त्यही भैसी जसको स्याहार र चाकरीमा उहाका पनि महत्वपुर्ण समय खर्च भएको थियो । कुरो त्यो भन्दा गम्भिर थियो आफु मात्र होईन आप्ना सम्पुर्ण पुर्खा तिनै भैसिपालक किसान थिए । गाई भैसि भनेका यादब परिवारका जीवनरक्षक प्राणी थिए ।
अब त्यही भैसीको भएको मासु खान त खाने , तर कसरी ? उहाको मनको एउटा कुनामा यो प्रश्न जन्मियो भने मनको अर्को कुनाले यसो गर्न सम्भव छैन । भन्ने उतर दिन्थ्यो ।
त्यसो हो भने के गर्ने त ? तुरुन्त अर्को मनले प्रश्न गदथ्यो । पेट खाली राखेर खालि मिहिनेत मात्र गर्ने उनि रिगाटा लागेर भूगोल पार्कछेउमा लडदा झै लडदै जाने हो भने काठमाण्डौमा बाच्न सम्भव होला ?
रामवरणजी जीब बिज्ञानको बिधार्थि हुनुहुन्थ्यो । क्रमशः









