
– भरत भूर्तेल –
राजा बिरेन्द्रले समसामयिक सुधार सहितको पन्चायति व्यवस्था वा बहुदलिय व्यवस्थामध्ये एउटा प्रणाली छनोट गर्न जनतासंग आह्रान गरे । राजाको यस कदमलाई बीपी कोईरालाले स्वागत गर्नुभयो ।
पञ्चायति व्यवस्था प्रारम्भ भएको उन्नाईस वर्षपछि यसका बिकल्पमा आफ्नो अभिमत प्रकट गर्न पाउने अवसरलाई बीपीले जनतासमक्ष जान पाउने ठुलो उपलब्धीका रुपमा लिनु भयो । जनमत सङग्रहको घोषणाको खबरले रामवरणजीहरुसमेत रोमान्चित हुनु भएको थियो । अब छिटो भन्दा छिटो नेपाल पुग्ने इच्छा उहाँको थियो ।
रामवरणजी घर फर्किनु भयो । नेपालको वातावरण उत्साहप्रद थियो । नेपाली काग्रेश लामो समयपछि स्वतन्त्रतापुर्वक जनतासमक्ष जान पाउने यस अवसरलाई बढी भन्दा उपभोग गर्न चाहान्थ्यो ।
बहुदलका पक्षमा प्रचार प्रसार गर्न प्रत्येक टोलमा नेपाली काग्रेसले इकाइहरु गठन गरेको थियो । पञ्चायत खिलाफमा काम गर्दा डराउनु पर्ने अवस्था थिएन र पञ्चायत बिरोधिहरुमा उल्लास छाएको अवस्था थियो ।
वि.सं २०३६ सालमा रामवरणजी जनकपुर फर्केर आउदा जेठा छोरा चन्द्रमोहन आई.एस्सी दोस्रो वर्षमा पढदै थिए । चन्द्रमोहन धुब्र शर्माका भाई बहिनीलाई टिउसन पढाई दिन्थे । टिउसन पढाई दिएबापत उनलाई बस्न र खान पैसा तिर्नु पदैनथ्यो । धुब्र शर्माजीका घरमा बसोबास र भोजन उनका लागि सहुलियत थियो । कान्छा छोरा चन्द्रशेखर हाईस्कुल तहमा पढदै थिए । नेपाल आउनासाथ रामवरणजीले सर्वप्रथम आफ्नो व्यवसायिक कामको टुङगो लगाउन आवश्यक थियो । उहाँ जनकपुरको ब्रम्हपुरीस्थित धु्रब शर्माको घरमा कोठा लिएर बस्नु भयो । ध्रुब शर्मा त्यसबेला एम.एस.को पढाईका लागि भारतमै हुनुहुन्थ्यो । रामवरणजी जानकी मन्दिर छेउमा एउटा कोठा लिएर क्लिनिक संञ्चालन गर्न थाल्नुभयो । उहाँलाई केहि समयपछि देखिनै स्थानीय मानिस काग्रेसी डाक्टर भनेर चिन्न थाले भने उहाँको क्लिनिकलाई काग्रेसी क्लिनिक भनेर चिन्न थालियो । क्रमशः









